सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो — OSNepal

सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

LC (KTM) July 06, 2021 0

काठमाडौं-सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । विज्ञ चिकित्सकको समुहले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिरहेको बताइएको छ ।

‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताइएको छ । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताएका छन् ।

आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुजताको मृ त्यको कुनै क्लू फेला परेको छैन । घटनास्थल नजिकै विषादीको बट्टा पनि फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर