काठमाडौं । निर्देशक दिनेश राउतले शहीद गंगालाल श्रेष्ठमाथि फिल्म बनाउने भएका छन् । राणा शासनविरुद्ध गंगालालले गरेको विद्रोहको कथालाई फिल्मले प्रस्तुत गर्ने निर्माण यूनिटले जनाएको छ । दलाल, देवयानी र शहीद फिल्ममा अभिनय गरेकी विमला केसीले निर्माण गर्न लागेकी हुन् ।
फिल्मको कथा संचारकर्मी समेत रहेका विकास सुवेदीले अहिले पटकथा लेखिरहेका छन् । विकाशले यसअघि ‘प्रकाश’ लेखेका हुन् । स्क्रिप्ट लेखन सकिएपछि २०८१ सालको कात्तिकदेखि फिल्म छायांकन गर्ने निर्माण पक्षको चाहना रहेको छ ।
फिल्मका लागि मुख्य कलाकारमा प्रदीप खड्का र आर्यन सिग्देल फाइनल भइसकेको भएता पनि गंगालालको भूमिकामा कसले अभिनय गर्नेछ भन्ने निधो नभईसकेको छैन । पनि फिल्ममा प्रदीप र आर्यन रहने पक्का भइसकेको छ ।
फिल्ममा गंगालालले राणाशासनविरुद्ध गरेको विद्रोह गरेदेखि उनलाई २१ वर्षको कलिलो उमेरमा गोली हानेर मृत्युदण्ड दिएकोसम्मको घटनाक्रमलाई चित्रण गरिनेछ ।
गंगालालको जन्म वि।सं। १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो भने उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो ।