काठमाडौं -नायिका आना शर्माले नायक अनमोल केसी जोड्ने बाध्ने भएका छन् । ‘जेरी’मा एकैसाथ काम गरेका यो जोडीले जेरी २ मा पनि काम गर्ने भएपछि फ्यानहरु खुशी भएका छन् ।
‘जेरी’मा काम गरेपछि यी दुईको पे्रम भएको चर्चा चलेको थियो । यद्यपी यस विषयमा यी दुइले भने मुख खोलेका छैनन् । ‘जेरी’ अनमोलको दोस्रो फिल्म थियो भने आनाको डेब्यू फिल्म थियो ।
९ बषपछि निर्माता सरोज न्यौपानेले यसको सिरिज बनाउन लागेका हुन् । यो फिल्मको छायांकन एक महिनापछि सुरु हुनेछ । फिल्ममा त्रिकोणात्मक प्रेम कथा रहने बताइएको छ ।
फिल्मलाई हेमराज बिसीले निदेृशन गर्नेछन् । फिल्ममा पूर्णिमा सिंजापति नायिकाको रुपमा फाइनल भैसकेकी छिन् । यो फिल्मको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलीयामा गर्ने तयारी निर्माताको छ । फिल्ममा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको हो ।