काठमाडौं -ब्याट्सम्यान हसिम अमलाले सन्यास लिने घोषण गरेका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिमले अचानक यस्तो यस्तो घोषण गरेपछि फ्यानहरु चकित भउका छन् । ३९ वर्षका अमलाले हिजो सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
दक्षिण अफ्रीकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी समेत रहेका उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए । उनले दक्षिण अफ्रीकाका लागि १ सय ८१ एकदिवसीय र ४४ टी–२० अन्तराष्ट्रिय खेल खेलेका थिए ।
सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रीकाका लागि खेल्दा सबैखाले फम्र्याटमा १८ हजार ६७२ रन बनाएका छन् ।