चन्द्रागिरीमा चक्कु प्रहार गरी २० वर्षीय साहको हत्या ,हत्यामा संलग्न २ जना पक्राउ — OSNepal

चन्द्रागिरीमा चक्कु प्रहार गरी २० वर्षीय साहको हत्या ,हत्यामा संलग्न २ जना पक्राउ

LC (KTM) July 06, 2021 0

काठमाडौं २२ असार । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्ररहीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।

निजहरुमाथि चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको हत्या गरेको अभियोग लागेको छ । आइतबार राति चन्द्रागिरी नगरपालिका ३ थानकोटमा धारिलो हयिार हतियार प्रयोग गरी गम्भीर घाइते भएका साहको हिजो उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

तिन जनाको समुहले हत्या गरेपनि एक जना अझै फरार भएकाले उनको खोजी कार्य जारी भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । पक्राउ परेका निज उपर कर्तव्य ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर