काठमाडौं २२ असार । पछिल्लो समय दुई धारमा उभिएको जनता समाजवादी पार्टी, नेपाल अब विभाजन हुने भएको छ । आज पार्टीको विवाद समाधान गर्नको लागि छलफल गर्न निवार्चन आयोगले दुवै पक्षलाई आयोग डाकेको थियो । तर आयोगको पदाधिकारीलाई नै अध्यक्ष उपेन्द्र यादवले आफुहरु विभाजन भइसकेकोले नियमअनुसार अलग गरिदिन आयोगलाई आग्र्रह गरेको जनाइएको छ ।
यसभन्दा अघि नै पार्टीको आधिकारिकता दावी गर्न आयोगमा निवेदन समेत दिएको यावद पक्षले अब आफुहरु मिल्ने कुरामा सहमत हुन नसक्ने भन्दे आ-आफनो वाटो लाग्छौं’ भनेर हस्ताक्षर गरेर फर्किएका हुन् । अब भने जसपा फुट्ने पक्का जस्तो नै भएको छ । दुवै पक्षले नै मिल्ल नसकन्े भनेपछि जसपा फुटको नजिक पुगेको हो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षबाट ठाकुर सहित लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी रहेको थियो । त्यसै गरी अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबाट यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ ,महेन्द्रराय यादव, प्रकाश अधिकारी लगायतका नेताहरूको सहभाति रहेको छ बैठकमा डा बाबुराम भट्टराईले सहभागी भएका थिएनन्।