काठमाडौं २२ असार । राष्ट्रियसभाकी सदस्य एवम् नेकपा एमाले की नेतृ कोमल वलीले आफ्ना धारणा कुनै व्यक्तिप्रति लक्षित नभएको बताएकी छन् । देश र जनताप्रति समर्पित भएकाले देश र जनताकालागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने नभएको ट्वीटर मार्फत बताएकी छन् ।
हिजो सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा वलीले सरकार विरोधी दलहरुलाई बाँदरको संज्ञा दिँन्दै कविता वाचन गरेही थिइन् । सर्वत्र आलोचना भएपछि आज वलीले ट्वटिर मार्फत कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त गर्नु नभएको भन्दै यो कुरा भौतिक शरिरको अन्त्य हुनेहरुले सोच्नु पर्छ भनी छन् ।
उनले लेखेकी छिन्–”मेरा धारणाहरु कुनै व्यक्ति प्रति लक्षित छैनन ! देश समाज र जनताप्रति समर्पित छ१ देश र जनताकालागि बोल्दा कलमहरु कसैलाई निरूत्साहित गर्न चल्नुपर्छ भन्ने छैन ! कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन ! यो कुरा भौतिक शरिरको अन्त्यहुनेहरुले सोच्नु पर्छ !”
वलीले कबिता मार्फत भनेकी थिइन्, बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रङ बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
ईर्ष्याको भट्टीमा आफैँलाई भुटेका छन्,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए…