सकियो १४औँ चितवन महोत्सव,पाँच लाखले गरे अवलोकन — OSNepal

सकियो १४औँ चितवन महोत्सव,पाँच लाखले गरे अवलोकन

LC (KTM) January 18, 2023 0

चितव-नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गर्नुभएको हो ।

महोत्सव पुस २५ गते सुरु भएको थियो । महोत्सव समापन गर्दै मन्त्री थपलियाले जिल्लामा हुने हरेक मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताउनुभयो । चितवन महोत्सव जिल्लाकै ब्राण्ड बनेको भन्दै महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु सह्रानीय कुरा भएको थपलियाको भनाइ छ । जिल्ला तथा समग्र प्रदेशकै विकासका लागि आफ्नो मन्त्रालयले योजना बनाएर काम गर्ने मन्त्री थपलियाले बताउनुभयो ।

समारोहमा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं १४औँ चितवन महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले चितवन महोत्सवबाट अपेक्षित कारोबार भएको बताउनुभयो । कोरोना कहर तथा बैंकको ब्याजदरका कारण आर्थिक क्षेत्र सुस्ताएको बेलामा महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरेको अध्यक्ष श्रेष्ठको भनाइ ।

महोत्सवमा चार सय ५० वटा स्टल रहेका थिए । महोत्सवबाट रु २५ करोड व्यापार हुने तथा पाँच लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । महोत्सवको करिब पाँच लाखले अवलोकन गरेका भए पनि व्यापार अपेक्षाअनुसार नै भएको आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर