काठमाडौँ २२ असार । नेकपा ९एमाले० को विवाद समाधानको लागि गठित कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित् अर्थमन्त्रायको हलमा सुरु भएको बैठकमा दुवै पक्षका कार्यदलका सदस्यहरुको सहभागी रहेको छ ।
आजको बैठक केहि लामो हुने पनि कार्यदलका सदस्य सुवास नेम्वाङले जनाएका छन् । प्रधानमन्त्री समेत रहेका केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु पार्टी एकताको लागि परेका छन् । हिजो बसेको पहिलो कार्यदलको बैठक सकारात्मक भएको भन्दै आजको बैठकमा थप छलफल गरिने बताइएको छ । अदालतको फैसला जे आएपनि दुर्व पक्षले मान्ने सहमतिमा बैठकमा छलफल हुने पनि जनाइएको छ ।
कार्यदलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा वरिष्ठ नेता माधव ननेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।