यसपालीको ओस्कार अवार्डका लागि छानिएका यी हुन् हिन्दी फिल्महरु — OSNepal

यसपालीको ओस्कार अवार्डका लागि छानिएका यी हुन् हिन्दी फिल्महरु

LC (KTM) January 18, 2023 0

फिल्महरुको लागि प्रदान गरिने ओस्कार अवार्ड एकदमै ठुलो अवार्ड रहेको छ । यसमा भारत र विदेशका धेरै ठूला फिल्महरु मनोनयनमा परेका छन् । त्यसपछि फिल्मले ओस्कार अवार्ड प्राप्त गर्नेछन् । ओस्कर २०२३ को लागि नामांकन चाँडै हुने छ। यसका लागि अन्तिम चरणमा पुगेका चलचित्रको घोषणा गरिएको छ ।

तर, अन्तिम नामावली भने २४ जनवरीमा सार्वजनिक हुनेछ । जबकि ओस्कार अवार्ड मार्च १२ मा हुने भएको छ । हालै, एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेजले ओस्कारका लागि योग्य ३०१ फिचर फिल्महरूको सूची जारी गरेको छ, जसमा भारतीय चलचित्रहरूले पनि आफ्नो स्थान बनाएका छन्। हामी आज तिनै फिल्मका बारेमा तपाई लाई जानकारी दिदैछौ ।

कश्मीर फाइल

सत्य घटनामा आधारित कश्मीरी पण्डितहरूको पीडालाई वर्णन गर्ने फिल्म ‘द कश्मीर फाइल्स’ यसपटक ओस्कार २०२३ को लागि मनोनयनमा परेको छ । विवेक रञ्जन अग्निहोत्री निर्देशित यो फिल्मले दर्शकको मनमा आफ्नो स्थान बनाएको छ । द कश्मीर फाइल्स जनवरी १९ मा सिनेमाघरमा रिलिज हुँदैछ। फिल्म अस्करका लागि मनोनयनमा परेपछि विवेक अग्निहोत्रीले ट्वीट गर्दै द कश्मीर फाइललाई २०२३ ओस्कारको पहिलो सूचीमा सर्टलिस्ट गरिएको जानकारी दिएका छन् ।

आरआरआर

दोस्रो फिल्ममा आरआरआर रहेको छ । दक्षिण भारतीय फिल्मका निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर’मनोनयनमा परेको हो । रामचरण र जुनियर एनटीआर फेम यो फिल्मले संसारभर आफ्नो सफलताको झण्डा फहरायो। फिल्मले हालै गोल्डेन ग्लोब अवार्ड, क्रिटिक्स अवार्ड र बेस्ट एक्सन कोरियोग्राफी अवार्ड पाएको छ । ब्लकबस्टर फिल्मको आधिकारिक ट्विटर ह्यान्डलले एक पोस्ट शेयर गरेको छ जसमा लेखिएको छ-हामी सम्मानित छौं कि आरआरआरको ठूलो सफलताले विश्वव्यापी बक्स अफिसमा कोसेढुङ्गा बनेर विश्वभरका फिल्म प्रेमीहरूको भाषिक र सांस्कृतिक सम्पदालाई जोडेको छ ।

कान्तारा

ऋषभ शेट्टी निर्देशित मेगा हिट कन्नड फिल्म ‘कान्तारा’ उत्कृष्ट चलचित्र र उत्कृष्ट अभिनेताको विधामा ओस्कार २०२३ को सूचीमा परेको छ। सूची सार्वजनिक भएपछि फिल्मका निर्देशक होम्बलले ट्वीटरमार्फत खुशी व्यक्त गरेका छन् । अभिनेताले लेखेका छन्, –कान्ताराले दुईवटा बिधामा ओस्कर अवार्ड प्राप्त गरेको जानकारी गराउन पाउँदा धेरै खुसी लागेको छ, हामीलाई साथ दिने सबैलाई हृदयदेखि धन्यवाद।

गंगुबाई काठियावाडी

सन् २०२२ मा रिलिज भएको आलिया भट्ट अभिनित फिल्म गंगुबाई काठियावाडी सञ्जय लीला भन्सालीले निर्देशन गरेका थिए । यो फिल्म पनि एकेडेमी अवार्डको सूचीमा परेको छ । यो फिल्म गंगुबाई हरजीवनदासको जीवनीमा बनेको हो । जसमा आलिया गंगुबाई बनेकी थिइन् । फिल्म मुम्बईको रेड लाइट एरियामा रहेको वेश्यालय कामाठीपुरामा आधारित थियो। जसले विश्वभर २०९ करोड भन्दा बढी कमाएको थियो ।

छेलो शो

यसपटक गुजराती फिल्मले पनि ओस्कार २०२३ को मनोनयन सूचीमा आफ्नो स्थान बनाएको छ । पान नलिन द्वारा लिखित र निर्देशित गुजराती सिनेमा छेल्लो शो द लास्ट शो लाई एकेडेमी अवार्डमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीको लागि भारतको आधिकारिक प्रविष्टिको रूपमा चयन गरिएको छ। फिल्मको कथा एक नौ वर्षको केटाको वरिपरि घुमेको छ जसलाई सिनेमाप्रति लगाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर