अवतरण गर्ने क्रममा रहेको २९ जना यात्रु सवार विमान अचानक हरायो, खोजी कार्य जारी — OSNepal

अवतरण गर्ने क्रममा रहेको २९ जना यात्रु सवार विमान अचानक हरायो, खोजी कार्य जारी

LC (KTM) July 06, 2021 0

मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

रूसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर