सेलीब्रेटीदेखि डाक्टरसम्मलाई हिल गरेका ग्रयाण्डमास्टर हुन् इर्नजी हिलर आयुष रेग्मी — OSNepal

सेलीब्रेटीदेखि डाक्टरसम्मलाई हिल गरेका ग्रयाण्डमास्टर हुन् इर्नजी हिलर आयुष रेग्मी

LC (KTM) January 18, 2023 0

फ्रस्टेशन, डिप्रेशन, अनावश्यक तनाव, मन आत्तिने, अनावश्यक डर जस्ता समस्याहरु विज्ञान र प्रविधिको यो २१ औँ शताब्दीमा पनि धेरै मानिसमा देखिन्छ । ब्यस्त जीवन शैली, परिवारबाट टाढा बस्दाको क्षण, कामको चाप जस्ता समस्याका कारण पनि मानिसहरुमा दिन प्रतिदिन अनावश्यक नकारात्मक सोच पैदा हुन पुग्छ ।

जसका कारण मानिसहरुमा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छन् । ति समस्याहरुका कारण धेरै मानिसहरु आफ्नो जिन्दगीको सकारात्मक बाटोबाट अलमिने गर्छन् । डर र तनावका कारण बाटो बिराएकाहरुलाई सही मार्गमा ल्याउने प्रयत्न हाम्रै गाउँ समाजका कैयन सद्धगुरुहरुले गर्दै आइरहेका छन् । तर पनि धेरै समस्याहरु समस्याकै रुपमा अघि बढेका बेला पछिल्ला दिनमा सम्मोहन बिद्याका माध्यमबाट धेरै समस्याहरुको निराकरण भइरहेका छन् । जसको पछिल्लो उदाहरण हुन् आयुष रेग्मी ।

ग्रयाण्डमास्टर इर्नजी हिलरका रुपमा आफ्नो परिचय बनाइसकेका आयुष विगत ६ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बसेर मन्त्र सम्मोहन नामक बिद्याको माध्यमबाट फ्रस्टेशन, डिप्रेशन, अनावश्यक तनाव, एक्लोपना, मन आत्तिने, अनावश्यक डर जस्ता समस्यामा परेका मानिसहरुको समस्याको समाधान खोजीरहेका छन् । काठमाडौँमा जन्मे हुर्केका आयुषले यो रिर्पोट तयार पारुन्जेलीसम्म करिब ७ सय जनाको सफल तरिकाले उर्जा उपचार गरिसकेका छन् ।

अष्ट्रेलियामा गेट हिल्ड विथ आयुष नामक कम्पनी दर्ता गरेर सिड्नी, मेलवर्न, क्यानबेरा, बेलायत र अमेरिकामा समेत शाखा विस्तार गरिसकेका उनले काठमाडौँमा पनि शाखा खोल्ने तयारी गरेका छन् । सामाजिक संजालमा औधि खोजीने नेपाली युवाहरुको सूचिमा रहेका आयुषले कसरी सुरु गरे मन्त्र सम्मोहन यात्रा ? यसले के – के उपचार गर्छ ? कति भरपर्दो छ यो विधी ? लगायतका कैयौँ प्रश्न हामीले सोधेका छौँ ।  प्रस्तुत छ ओएस नेपालले आयुषसँग गरेको बिस्तृत कुराकानी

मन्त्र सम्मोहन विधि भनेको के हो ?
हामी उर्जा नै उर्जाको सागरमा बसेका छौँ । तर हामीमा त्यो चेतना छैन । प्रत्येक युगमा केही मन्त्र र केही उर्जा प्रयोग भएकै छन् । र आजसम्म पनि अवस्थित छन् । तर ति उर्जाहरु त्यसै आव्हान गरेर प्रयोगमा आउँदैनन् । जब दिक्षा दिइन्छ त्यहाँ मन्त्र प्राप्त हुन्छ । जसबाट सम्पूर्ण यी उर्जालाई उत्किलन गरी पुन आव्हानगरी आफ्नो र अरुको जीवन सहज बनाउन प्रयोग गर्न सकिन्छ । मन्त्र भन्नाले दोहोर्याईने शब्द भन्ने बुझिन्छ । र सम्मोहन भन्नाले आर्कषक भन्ने बुझिन्छ । विभिन्न पद्धतीबाट लिइएको उर्जाहरुलाई मन्त्रद्धारा आर्कषण गर्ने हुनाले यसको नाम मैले मन्त्र सम्मोहन राखेको हुँ ।

यसका फाइदाहरु के के छन् ? कस्ता समस्याको उपचार गर्छ यो विधीले ?
जसलाई अध्यात्ममा रुची छ, जसलाई ध्यान गर्नुछ, तनावबाट मुक्ति पाउनुछ उनीहरुका लागि यो फलदायक शिद्ध छ नै । फ्रस्टेशन, डिप्रेशन, अनावश्यक तनाव, एक्लोपना, मन आत्तिने, अनावश्यक डर जस्ता समस्याहरुभएका जो कोहीका लागि पनि यो विधि उपयोगी छ । जसले यी समस्यामा परेका मानिसहरुको जीवन सहज बनाउन ठूलो भूमिका खेल्छ ।

यहाँले मन्त्र सम्मोहनको विधिबाट उर्जा उपचार हिलिगं गर्दै आउनु भएको छ । सबैले बुझ्ने भाषामा भनिदिनुहोस् न हिलिग भनेको के हो ?
हाम्रो शरीरमा ३ सय ६५ वटा चक्र हुन्छन् । जसमा मुलाधारदेखि सहस्रसम्म मुख्य ७ चक्र हुने गर्छन् । जानी नजानी यी चक्रहरुमा विभिन्न सोचाई, वातावरण र कर्मले नकारात्मक प्रभाव पारिराखेका हुन्छन् । हिलिगंको अर्थ यी सम्पूर्ण चक्रहरुलाई पूर्ण रुपमा सन्तुलन कायम गर्दै नयाँ उर्जा थपी दिमागलाई पुन प्रोग्रामिगं गर्नु हो । यी ७ वटा चक्रमध्ये कुनै एक चक्रमा नकारात्मक उर्जाहरुले बाधा व्यबधान सिर्जन गरेमा हाम्रो पुरै जीवन असहज बन्न पुग्छ । जस्ते काम बिग्रिने, धनको हानी, सम्बन्ध बिग्रिने र अन्य मानसिक तनाव ल्याउँछ । जसरी एएटा मोवाइल फ्याक्ट्री रिसेट गरेपछि पुन नयाँ बन्छ त्यसरी नै हिलिगं भनेको पनि हाम्रो शरीर र, आत्मा र चक्रहरुको फ्याक्ट्री रिसेट हो ।

तपाईले कसरी जान्नुभयो ? कसरी सिक्नुभयो मन्त्र सम्मोहन विधी ?
मलाई स्कुलदेखि नै ध्यानमा रुचि थियो । पछि कलेज पढ्दा म धेरै ध्यानका कार्यक्रममा सहभागी भए । अध्ययनकै क्रममा विभिन्न परिस्थितीका कारण ध्यान छुट्यो । म मेरो जीवनको वास्तविक लयबाट बाहिर पुगे । त्यही समयमा म ओशोसँग जोडिन पुगे । र ओशोधारा बालुवाटारमा नियमित ध्यान सुरु गरैँ । १२ वर्षकै उमेरदेखि मेरो आशपास धेरै अदृश्य उर्जाहरु भएको आभाष गर्थे । र कैयौँ पटक अनुभव पनि गरेँको छु मैले । ओशोमा ध्यान गर्दै जाँदा अझै यी उर्जाप्रति स्पष्ट हुँदै गए । त्यही क्रममा उर्जाको बारेमा अध्ययन गर्दा एक संस्थासँग म आवद्ध हुन पुगे । प्रथम श्रेणीको अध्ययन पनि त्यही संस्थाबाट गरेँ । तर पछि बुझ्दै जाँदावास्तविक ज्ञान नगराइएको पाएँ । र विकल्प खोज्दै म देश विदेशका कैयौँ मुस्लिम सन्त, सुफी, हिन्दु गुरुहरुसँग संगत गर्न पुगेँ । अध्ययनका क्रममा उच्च स्तरको वास्तविक ज्ञान मैले मध्य पूर्वका देशहरु फ्रान्स, इजिप्ट, इन्डोनेशिया, अष्ट्रियाबाट पाएको हुँ । र यी ४ मुलुकमा अध्ययन पश्चात म अष्ट्रेलिया फर्केर मन्त्र सम्मोहन विधी २०१८ बाट सुरु गरेको हुँ ।

वैकल्पिक उपचार विधीमध्येको एक हो मन्त्र सम्मोहन विद्या ? यो कति प्रभावकारी हुन्छ ?
हो । मन्त्र सम्मोहन विद्याद्धारा औषधी छुट्नेदेखि लिएर एउटा नयाँ उर्जा, उमंग र प्रेरणा प्रदान गरिन्छ । शत प्रतिशत नै ठिक गर्न सक्छु त म भन्दिन तर ६० प्रतिशत परिवर्तन मसँग जोडिएका बिरामीमा आएको पाएको छु । तर यसको मतलव यो होइन की शतप्रतिशत नै काम गर्दैन, गर्न पनि सक्छ । यी सबै कुरा ब्यक्तिको कर्म, जिवनशैलीमा पनि निर्भन रहन्छन् । प्रभावकारीको कुरा गर्दा यस संसारमा ३ प्रकारका ब्यक्तिहरु हुन्छन् । पहिलो अति संवेदनशिल, दोस्रो संवेदनशिल र तेस्रो संवेदनहिन । अति संवेदनशिल, दोस्रो संवेदनशिललाई तुरुन्त प्रभावकारी रहन्छ । र ५ देखि ६ सेसनमा नै जीवन परिवर्तन हुन्छ भने संवेदनहिनलाई ढिलागरी प्रभाव देखिन्छ । र नदेखिन पनि सक्छ । मध्यपान र लागू औषधको लतमा फसेकाहरुको हकमा भने लागू नहुन पनि सक्छ ।

कति भरपर्दो छ यो विधी ?
मनमा दुबिधा नलिई उर्जालाई विश्वास गर्नेहरुलाई निकै भरपर्दो र प्रभावकारीसिद्ध छ यो विधी ।

अनलाइनमा पनि ब्यबस्था छ ?
छ । उर्जाको कुनै समय र ठाउँ नहुने भएकाले यस विधिलाई अनलाइनको माध्यमबाट विज्ञान र प्रविधिको सहयोग लिँदै गर्न सकिन्छ । म अष्ट्रेलियामा बसेर पनि देश विदेशका धेरैजसो केसहरु हेरिरहेको छु । र ठिक पनि पारिरहेको छु । जस्तै मैले पहिल्यै भने हामी उर्जाको महासागरमा छौँ । हामीले जुन स्थानमा पनि उर्जा पठाउन सक्ने भएकाले यो सम्भव छ ।

कुन उमेरका मानिको उपचार हुन्छ ?
हामीले २१ वर्ष माथिका र ५० वर्ष मुनिको उमेर समुहका मानिसहरुको मात्रै उपचार गर्दै आइरहेका छौँ ।

उमेर हद चाहीँ किन लगाउनु भयो रु उपचारमा पनि उमेर हुन्छ र ?
खासमा २१ वर्ष मुनिका किशोर किशोरी र बालबालिकाहरुमा पूर्ण रुपमा मष्तिष्कको पूर्ण रुपमा विकाश भइनसकेको हुँदैन । त्यस्तै ५० वर्ष माथिको उमेर समुहका मानिसहरुको शरीर जड भइसकेको हुनाले यो उमेर समुहमा राम्रो प्रभाव देखिँदैन । यदी शरीरले दिएको उर्जा थाम्न नसकेको खण्डमा नकारात्मक नतिजा आउन सक्ने भएकाले यी उमेर समुहका मानिसहरुको उपचार संभावना कम छ ।

यो पद्धतीबाट उपचार गर्न कति समय लाग्छ ?
सामान्यतया यो कुरा व्यक्ति अनुसार केस हेरेर मात्रै भन्न सकिन्छ । सामान्यतया छोटो समयको डिप्रेसन एन्जाईटी ५ देखि ६ वटा सेसनमा परिवर्तन आउँछ । त्यस्तै केही वर्षदेखिको समस्या पास्ट ट्रमाहरुको केशमा भने महिनौँ पनि लाग्न सक्छ । र यस्तो उपचार केही महंगो पनि हुन सक्छ ।

तपाईले मन्त्र मार्फत उपचार गर्ने क्रममा मानिसहरुलाई बेहोश पारिरहेको जस्तो भिडियोमा देखिन्छ । खासमा यो के हो ? यसरी मानिसहरुलाई लडाउँदै गर्दा समस्या आइपर्छ की पर्दैन ?
सर्वप्रथम कन्सेन्ट फारम नभरी उपचार सुरु हुँदैन । र त्यसमा उल्लेख हुन्छ की बिरामी आफ्नो सो इच्छाले यो सेसन गर्न आएको हो र भोलीको दिनमा उ तलमाथि भएमा स्वयम जिम्मेवार हुनेछ । हाम्रो संस्थामा भइपरी आउने समस्या, चोटपटक लाग्दा १० मिलियन डलरसम्मको इन्सुरेन्स हामीले गरिसकेका छौँ ।

भिडियोमा बेहोश बनाएको जस्तो देखिएता पनि त्यो भनेको ट्रान्सक्रिएट ‘तन्द्राको अवस्था’ गरिएको हो । पुर्याउन त कोमाकै अवस्थामा पनि पुर्याउन सकिन्छ । तर त्यो आवश्यक छैन । तन्द्राको अवस्थामा मानिसको अवचेत मनलाई सक्रिय बनाएर उर्जा उपचार गरिन्छ । यो अवस्थामा शरीर मात्रै शिथिल हुने हो । तर दिमाग भने सक्रिय नै रहन्छ ।

यसको साइड इफेक्ट हुन्छ की हुँदैन ?
यस ब्रमाण्डमा विभिन्न उर्जाहरु छन् । जसमा ह्वाइट इनर्जी र ब्ल्याक इनर्जी भनेर छुट्याइएको छ । इन्द्रजाल, ब्रमाजाल, बिर मसान खेलाउने, आदी ब्ल्याक म्याजिकमा पर्छन् जसले अवश्य साइड इफेक्ट गर्छ । तर मैले प्रयोग गर्ने उर्जा विशुद्ध युनिभर्सल इर्नजीमा पर्छ । जुन कुरा प्राचिनकालदेख नै अवतार, सन्तहरुले प्रयोग गर्दै आएका हुन् । त्यसैले यो विधीबाट उपचार गर्दा कुनै साइड इफेक्ट हुँदैन ।

तपाईले मेडिकल डाक्टर, चर्चित सेलीब्रेटीहरुलाई पनि यो विधी प्रयोग गर्नु भएको भन्ने हामीले सुनेका छौँ । के हो वास्तविकता ?
हो । डाक्टर भए पनि सेलीब्रेटी भए पनि उनीहरु पनि मानव नै हुन् । साधारण मानिसकहरु जस्तै उनीहरुमा कामको चाप बढी हुने भएकाले एन्जाइटी स्टेस हटाउनका लागि उहाँहरु आउनुहुन्छ । मैले अहिलेसम्म कैयोा डाक्टर र सेलीब्रेटीहरुलाई हिल गरिसकेको छु । तर यहाँ नाम चाहीँ नखुलाउँ होला । कति पय डाक्टरहरुले त बिरामीलाई औषधी लेख्नु अघि मकहाँ सिफारिस गर्नु भएको प्रसस्त उदाहरणहरु छन् । मानिसले हेर्दा यस्तो पनि हुन्छ र भन्ने लाग्छ तर हिलिगं पद्धतीबाट उपचार गराउनेहरुको संख्या बढ्दो छ । मानिसको जिवन संभावना नै संभावनको खानी हो । यो विधी बैज्ञानिक आधारमा पुष्टि भइसकेको र मान्यता पाएको उपचार विधी हो । पश्चिमाहरुले धेरै अघिदेखि यही पद्धतीलाई अंगाल्दै आइरहेका छन् । जस्तै डाक्टर फ्रैंज एन्टोन मेस्मर, डाक्टर जेम्स एसाडेल,
मिकाउ उसुईहरु हिलिगं फिल्डमा चर्चित नामहरु हुन् ।

तपाई आँफै ओशो सन्याशी हुनुहुन्छ । ओशोले पूर्वजन्मको स्मृतिलाई त जोखिम भन्नुभएको छ नी ?
ओशोले सम्मोहन विधीलाई सबैभन्दा छिाटो र प्रभावकारी बिद्या मानेको प्रवचन हामीले सुन्दै आएका छौँ । तर कतिपय ब्यक्तिहरु मानसिक रुपमा तयार नभईकन आफ्नो पुर्न जन्म हेर्ने रुची राख्दछन् । यही जीवनको भारले सताइरहेका बेला कैयोा जन्मको स्मृतीहरु आउँदा अति असहनीय र जोखिमपूर्ण बन्न पुग्छ । त्यसैले ओशोले यी जोखिमहरु नहोश् भनेर अध्यात्ममा पुरै पहुँच नपुगीकन पुर्न जन्म नहेर्नका लागि आग्रह गर्नु भएको हो । त्यस्तै बुद्धले पनि पुर्न जन्मलाई जाती स्मरणको नाम दिएका छन् । बुद्धले पनि मानसिक रुपमा तयार नभइकन पुर्व जन्म नर्हेन भनेका छन् । पुर्व जन्मका स्मृतीहरु आज पनि जाटक कथा नामक किताबमा भेट्न सकिन्छ ।

तपाई आँफैमा एउटा मोडल, अभिनेता जस्तो व्यक्ति अध्यात्ममा लाग्नु भएको छ । अब तपाईलाई हामी अभिनयमा देख्न पाउँछौ की पाउँदैनौ त ?
अध्यात्ममा लागे भन्दैमा आफ्नो शोखलाई मार्न पर्छ भन्ने लाग्दैन । म कुनै गुरु सन्त पनि होइन । बलिउड सुपरस्टार बिनोद खन्ना जस्ता ब्यक्तिहरु पनि ओशो सन्याशी थिए । अध्यात्ममा लागे तर अभिनय कहिल्यै छाडेनन् । अभिनेता निखिल उप्रेती, हरिहर अधिकारी जस्ता अभिनेताहरु पनि अध्यात्ममा रहेकै छन् । त्यसैले म पनि फर्किन्न नै भन्ने छैन । सबै कुरा मिलेमा चाँडै अभिनयमा फर्किनेछु । मैले यसअघि ९ वटा विज्ञापन, एउटा म्यूजिक भिडियो किन किन र फिचर फिल्म किन गरेँ मायामा काम गरिसकेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर