वर्षामान पुनको पेटमा देखियो पानी जम्ने समस्या, कलेजो प्रत्यरोपण गरिँदै — OSNepal

वर्षामान पुनको पेटमा देखियो पानी जम्ने समस्या, कलेजो प्रत्यरोपण गरिँदै

LC (KTM) January 18, 2023 0

काठमाडौं – लामो समय देखी स्वास्थमा समस्या देखिउका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा काठमााडौं ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएका उनको अहिले पनि उपचार चलिरहेको छ ।

अब भने उनको कलेजो नै प्रत्यारोपण गरिने उपचारमा संलग्न चिकित्सक प्रा। डा। युवराज शर्माले बताए शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेकाले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको र उनको पेटमा पानी जम्ने समस्या देखिउको बताइएको छ । ८० प्रतिशत कलेजोले काम गर्न अल्छिपन ल्याएको अवस्थामा पेटमा पानी देखापर्ने शर्माले बताए ।

अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको तथा अब काह प्रत्यारोपण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको शर्माले बताए । अहिले पुनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर