काठमाडौँ २२ असार । पार्टीको विवाद समाधान गर्नको लागि निवार्चन आयोगले बोलाएको जनता समाजवादी पार्टी अन्तत फुटको दिशातिर उन्मुख भएको छ । विवाद हल गर्न आयोगले आज ११ बजे बोलाएको दुवै पक्षका नेताहरुलाई बोलाएको थियो ।
आयोगले दुवै पक्षले विगतका विवादमा आतमआलोचित हुदै एक भएर जान गरेको प्रस्तावलाई अध्यक्ष उपेन्द्र यादव समुहले अस्विकार गरेपछि विवादको टुङगो नलागेको हो । छलफलका क्रममा दुवै पक्षले आफुहरु सहमत हुन नसकेको भन्दै आ आफ्नो बाटो लागौँ भनेर हस्ताक्षर गरी आयोगबाट फर्किएका छन् । यस अघि नै यादव पक्षले पार्टीको आधिकारीताको दावी गर्दे आयोगमा निवेदन दर्ता गरिसकेको छ ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षबाट ठाकुर सहित लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी रहेको छ । त्यसै गरी अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबाट यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ ,महेन्द्रराय यादव, प्रकाश अधिकारी लगायतका नेताहरूको सहभाति रहेको छ बैठकमा डा बाबुराम भट्टराईले सहभागी भएका छैनन् ।