एजेन्सी । भारतका चर्चित कमेडियन राजपाल यादवले आफ्नो नाम परिवर्तन गरेका छन् । ५० वर्षको उमेरमा आफ्नो नाम परिवर्तन गरि उनले राजपाल नौरंग यादव राखेका छन् । आफ्नो २२ वर्षको करियरपछि उनले नाममा थोरै परिवर्तन गरेका हुन् ।
यादवले आफ्नो बुवाको नाम नौरंग यादवबाट नौरंग ल्याएर राजपाल नौरंग यादव नाम राखेका हुन् । नाम परिर्वतन पछि उनले भनेका छन् नाम परिवर्तन गरेसँगै मैले बुवाको आर्शिवादको साथ नयाँ जीवनको सुरु गरेको छु ।’
आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।
यादवले कैयौं नेपाली फिल्ममा पनि काम गरेका छन् । पछिल्लो समय कुली नम्बर १ मा काम गरेको यादवका हंगामा २, हैली चार्ली, टाइम टु डान्स, भुल भुलैया २ जस्ता फिल्म प्रदर्शनका क्रममा छन् । सन् १९९९ मा ‘दिल क्या करे’ बाट उनले डेब्यु गरेका थिए ।