काठमाडौं २२ असार । पार्टीको विवाद समाधान गर्नको लागि जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्धय लगायतका नेताहरुको निवार्चन आयोगमा छलफल जारी छ । हिजो मात्र मध्यावधि चुनावको कार्यतालिका सार्वजनिक गरेको आयोगले जसपाको विवाद समाधान गर्न आज दुवै पक्षलाई बोलाएको हो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षबाट ठाकुर सहित लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी रहेको छ । त्यसै गरी अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबाट यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ ,महेन्द्रराय यादव, प्रकाश अधिकारी लगायतका नेताहरूको सहभाति रहेको छ । बैठकमा डा बाबुराम भट्टराईले सहभागी भएका छैनन् ।