सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते — OSNepal

सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

LC (KTM) January 17, 2023 0

याङ्गुन-म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् ।देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२२ मा देशभर एक हजार ५०७ आगलागीका घटनाहरू घटेका थिए । अग्नि सेवा विभागका अधिकारीले सो विवरण सिन्ह्वालाई बताएका छन् ।

सबैभन्दा धेरै आगलागी दुर्घटनाहरू याङ्गुन क्षेत्रमा भएका छन् । त्यसपछि क्रमशः मन्डले, सागिङ र बागो क्षेत्रहरू आगलागीका घटनाहरू उल्लेख गरिएका छन् । याङ्गुन क्षेत्रमा सन् २०२२ मा सात जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

आगलागीका कारणहरूमा लापरवाही, त्रुटिपूर्ण विद्युतीय तार जडान, आगजनी, डढेलो र चट्याङ लगायतका प्राकृतिक विपत्ति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर