काठमाडौं, २२ असार-ललितपुर, गोदावरी नगरपालिका(७ बस्ने १० वर्षीय जाकेस तामाङको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित बुरुङचुली खोलामा पौडी खेल्न गएका जाकेस लगायत ३ जना व्यक्तिहरु पोलबाट लत्रिएर पानीमा खसेको विजुलीको तारबाट करेन्ट लाग्दा अशक्त भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त चापागाउँबाट खटिएको प्रहरीले उपचारका लागि गोदावरी नगरपालिका-६ आन्नद बन अस्पताल टिकाभैरब पठाएकोमा उपचारको क्रममा जाकेसको मृत्यु भएको हो । घाइते अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
त्यस्तै काभ्रपाल्चोक, पाँचखाल नगरपालिका(६ दुलाल गाँउ बस्ने ६५ वर्षीय उपेन्द्र बहादुर दुलालको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।