संसद पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजिर स्थापित गर्नु हो : प्रचण्ड — OSNepal

संसद पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजिर स्थापित गर्नु हो : प्रचण्ड

LC (KTM) July 06, 2021 0

काठमाडौँ २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्नुपर्ने बताएका छन् । पार्टीका केन्द्रिय सदस्य महादेव यादवको निधनमा श्रद्धान्जल व्यक्त गर्न जनकपुर आएका प्रचण्डले आफु संसद पुर्नस्थापना हुनेमा आपु विश्स्त रहेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘पहिलोपटक पनि संसद विघटन हुँदा सर्वोच्च अदालतले पुनःस्थापना गर्छ भन्ने हामीलाई विश्वास थियो, यस पटक पनि अदालतले पुनःस्थापना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुर्नस्थापनाको विकल्प नरहेको बताएका प्रचण्डले भने, ‘संसद पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ, त्यता तर्फ म कल्पनासम्म गर्न सक्दिनँ ।’

पार्टीले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले निधन भएका यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मानका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर