काठमाडौं – नाबालिगमाथि बलात्कार गरेको आरोपमा पल शाहले सफाइ पमउका छन् । उता पल शाहले सफाइ पाएपछि नायिका पुजा शर्मामा खुसीको सीमा रहेको छैन् । उनले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेकी छन् । उनले आफु जहिले पनि पलको साथमा रहेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’ जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो ।
पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।