एजेन्सी -भारतिय मिडियामा पछिल्लो समय सबैभन्दा छाएकी नायिका हुन् राखी सावन्त । उनी बेला बेला बेला विभन्न कारणलले चर्चामा आउने उनी यति बेला बिहेको विषयले चर्चामा आएकी हुन् ।
उनले प्रेमी आदिल दुर्रानीसँग कानुनी विवाह गरेकी उनले अन्तिम समयमा आएर बिहे गरेको होइन भने पछि उनी रुँदै मिडियामा आएकी थिइन् । सामाजिक सञ्जालमा विवाहको तस्बिर र भिडिओ बाहिरिँदा समेत आदिलले राखी आफ्नो श्रीमती भएको अस्वीकार गरेका थिए।
भारतिय मिडियाका अनुसार राखी रोएको देखेपछि बलिउड अभिनेता सलमान खानले आदिलसँग फोनमा कुराकानी गरेपछि बल्ला आदिलले राखीलाई श्रीमती स्विकारेको बताइएको छ । आदिल र राखीले एकसाथ अन्तर्वाता दिँदै विवाह गरेको बताएका हुन्। अन्र्तवाताृमा आदिलले ‘सलमान भाइको फोन आएपछि बिहे स्विकार गरेको बताएका छन् ।
सलमान खानले मलाई विवाह गरेको भए स्वीकार गर नत्र अस्वीकार। जे साँचो हो त्यही बताऊ भन्नुभयो,’ आदिलले भने। राखीले यस अघि गरेको बिहे पनि टिक्न सकेको थिएन् । राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरू अलग भएका थिए ।