काठमाडौं -नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा र विवादमा तानिएकी छन् । फिल्म रिलिज अगाडि प्रचारमा राम्रै समय दिएकी साम्राज्ञी चलेको दिनदेखि हराएको भन्दै उनको आलोचना समेत गरिएको छ ।
आइतबार आयोजित फिल्म ‘तिम्रो मेरो साथ’को विशेष शोमा उपस्थित नभइ शनिबारदेखि फिल्म ‘ह्यारी कि प्यारी’को प्रचारमा मोफसल दौडमा गएपछि उनलाई फिल्ममा राम्रो प्रचारमा साथ नदिएको भन्दै विवादमा तान्न थालिएको हो ।
तिम्रो मेरो साथ’ टिमले फिल्म चलेको दिनबाट नायिकाको साथ पाएको छैन । बरु, नायक पुष्प खड्का विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् । फिल्म चलेको दिनदेखि नै छाडेर अर्को फिल्मको प्रचारमा लागेपछि व्यावसायिकता नझल्किएको भन्दै भन्न थालिएको छ ।
उनको यो शैलीमा निर्देशक रमेश एम के पौडेलले घुमाउरो तरिकाले असन्तुष्टि पनि जनाएका छन् ।