काठमाडौं – गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले पोखराको कन्सर्ट रद्द गरेको जानकारी गराएकी हुन् ।
उनले लेखेकी छन् ‘आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा दुःखद् घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ । मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु ।’
७२ जनाको ज्यान जाने गरी भएको यती एयरको विमान दुर्घटनापछि मेलना मात्र होइन अन्य कलाकारले पनि पोखरामा र आसपासका क्षेत्रमा मनोरञ्जनसम्बन्धी कार्यक्रम तत्काललाई स्थगित गर्न थालेका छन् । जसमा लोकगायिका नीरा छन्त्याल र गिटारिस्ट निशान्त आचार्यको निधन भएको छ ।