काठमाडौं- नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा तीन हजार बढी गाडी रोकिएका छन् । जाममा फसेकाहरु कोही बिरामी भएका र कसैले खान समेत नपाएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तीन दिनदेखि बाटो नखुल्दा सडकमा यात्रुलाई सास्ती भएको छ । सडक पहिरो पन्छाउने काम भइरहेको तर जोखिम कायमै रहेकाले पूर्वबाट आउने गाडीलाई बर्दिवास र हेटौँडाबाट काठमाण्डौ छिर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिङ सडकका फराकिला सडक र खुला ठाउँमा पनि गाडी रोकि राखिएको छ । हिँड्नैपर्ने भए वैकल्पिक सडक प्रयोग गर्न समेत आग्रह गरिएको छ । नारायणगढ–मुग्लिङ सडकमा वर्षे नि बर्खाको समयमा पहिरो जादा यात्रुले दुख पाँउदै आएका छन् ।