एजेन्सी -अभिनेत्री गहना बशिष्ठ अस्पताल भर्ना भएकी छन् । भारतिय मिडियाका अनुसार उनलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको हो ।गहनालाई शनिबार हृदयघातका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको र आफु मिल्न समेत जान नपाएको गहनाका प्रपक्ता फ्लिन रेमेडियोसले बताएका छन् ।
उनी बेहोस रहेको र कसैसँग बोल्न नसक्ने रहेको बताइएको छ । यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना गम्भिर बिरामी परेकी थिइन् । त्यो समय उनले केही नखाई काम गरिरहेकी थिइन् ।सोही समय पनि उनी केही दिन सम्म अस्पतालमा बेहोस परेकी थिइन् । गहनाले फिल्म ‘गन्दी बात’ मा काम गरेकी छन् ।