काठमाडौं -फिल्म ‘जय होमा र ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि भित्रिएका छन् । अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
यस अघि फिल्ममा मुख्य भुमिकामा अर्पण थापा र सलोन बस्नेत फाइन भइसकेका छन् । फिल्ममा माओत्सेको पनि मुख्य भुमिका रहेको बताइएको छ । फिल्मको छायाकन फागुन दोस्रो सातादेखि मुस्ताङदेखि सुरु हुने बताइएको छ ।
फिल्मलाई टेक पौरखीले राईले निर्देशन गर्ने जनाइएको छ । माओत्सेले हालै दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा समेत छोटो अभिनय गरेका थिए ।
यस अघि उनी अभिनित फिलम ‘प्रेमगीत ३’ले पनि राम्रो चर्चा पाएको थियो । फिल्ममा नायिकाको बारेमा भने जानकारी गराइएको छैन् ।