उत्तरी सेनेगल – उत्तरी सेनेगलमा सोमबार बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु हुनाका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठूलो दुर्घटना हो जहाँ जनवरी ८ मा भएको यस्तै सडक दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
रुस र बेलारुसले संयुक्त वायुसेना अभ्यास सुरु – बेलारुसले सोमबार रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ । मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ । अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको छ ।अभ्यासको मुख्य लक्ष्य लडाई प्रशिक्षण मिसनहरूको संयुक्त प्रदर्शनमा परिचालन अनुकूलता बढाउनु भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । बेलारुसका सबै सैन्य एयरफिल्डहरू अभ्यासमा संलग्न हुनेछन्, मिन्स्कले जानकारी दिएको छ ।
उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । अधिकारीहरूले अभ्यासलाई रक्षात्मक रूपमा वर्णन गरेका छन्।अभ्यास विशुद्ध रूपमा रक्षात्मक प्रकृतिको भएको बेलारुसको सुरक्षा परिषद्का प्रथम उप–राज्य सचिव, पावेल मुरावेकोले बताउनु भएको छ । उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ ।