जितुले ‘ह्यारी कि प्यारी’ खेल्नुको पछाडी रहेछ यस्तो कारण — OSNepal

जितुले ‘ह्यारी कि प्यारी’ खेल्नुको पछाडी रहेछ यस्तो कारण

LC (KTM) January 16, 2023 0

काठमाडौं । महानायक प्रकरणमा निर्मात्री तथा निर्देशक दीपाश्री निरौला मुछिएपछि कलाकार जितु नेपाल छक्का पञ्जाटिमबाट बाहिरिनुपर्ने अवस्था आयो ।

मुन्द्रेको कमेडी क्लबका संचालक रहँदा जितुले दीपालाई निकाल्न भूमिका खेलेको आरोप लाग्यो । त्यसअघि जितुले ‘६ एकान ६’देखि पछिल्लो फिल्म ‘६ माया छपक्कै’सम्म उनीहरुकै टिममा अटाएर काम गरे । राम्रै नाम र दाम कमाए ।

उनी पनि निर्माण टिमसँग जोडीएर मज्जैले काम गरे । तर महानायक प्रकरणमा मुछिएपछि दीपालाई अध्यक्षबाट जितुले हटाउने भूमिका खेलेको आरोप लागेपछि उनी ‘छक्का पञ्जा’को चौंथो श्रृंखलाबाट एकाएक आउट भए ।

तर दीपक दीपा समुह र मुन्द्रेले भने यस विषयमा अहिलेसम्म खुलेर केही नबोलेका बेला जितुको मुख्य भूमिका रहेको फिल्म ह्यारीकी प्यारीको रिलिज मिति संघारमा नै आइपुगेको छ ।

यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारमा तिब्र गतिमा लागिपरेका मुन्द्रेले ‘छक्का पञ्जा’ टिमसँग रिसको झोंकमा ‘ह्यारी कि प्यारी’ गरेको होइन भन्ने प्रतिक्रिया दिएका छन् ।

उनले आँफु कलाकार भएको र कलाकारिता गरेको उल्लेख गरेका छन् । जितुले ‘ह्यारी कि प्यारी’मा ‘छक्का पञ्जा’ सिरिजमा भन्दा भिन्न रोलमा अभिनय गरेको बताएका छन् । जसका कारण पनि दर्शकले आफ्नो भूमिकालाई रुचाउने कुरामा उनी आशावादी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर