काठमाडौँ २२ असार । पार्टीको समस्या समाधानको लागि निवार्चन आयोगले बोलाएको जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव आयोग पुगेका छन् । पार्टीको आन्तरिक विवाद समाधान गर्नको लागि आयोगले छलफल गर्न बोलाएको हो ।
पाटीका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव बिच विवाद बढेपछि फुटको संघारमा पुगेको जसपालाई आज समस्या समाधान गर्नको लागि छलफल गर्न बोलाइएको हो ।
ठाकुर र यादवसँगै महेन्द्र राय यादव, राजेन्द्र महतो, शरतसिंह भडारी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्णलगायत नेताहरु आयोग पुगेका छन् ।