काठमाडौं – नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । अष्ट्रेलियाली सहर सिड्नीको कथावस्तुमाथि फिल्म निर्माण हुने भएको छ । फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गर्ने बताइएको छ । फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ ।
ओ माइ गड इन्टरटेनमेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत छायांकन नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जनाइएको छ । वैशाखदेखि छायांकन हुने छ । अष्ट्रेलियामा पुगेपछि नेपालीले गर्ने संघर्षलाई फिल्मले प्रस्तुत गर्ने निर्देशक श्रेष्ठले बताए ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोलाबहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए ।