काठमाडौं । आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोक गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज देशभरका दोहोरी साँझ बन्द गर्ने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलका अध्यक्ष रमेश बिजीको अध्यक्षमा बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्मको निर्णय गरेको थियो ।
प्रतिष्ठानले २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । गायिका छन्त्याल लाइभ लोकदोहोरी गितका लागि एकदमै चर्चित थिईन् ।
तर अब उनको गित सुन्न पाइने छैन अब सधैका लागि । गायिका छन्त्याल बाग्लुगं र पोखरामा आयोजना भएका कार्यक्रमका लागि त्यसतर्फ गएकी थिइन् । तर उनको धोको धोको नै रह्यो ।