काठमाडौँ २२ असार । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल ब्युँतिएपछि फुटको संघारमा पुगेको पार्टीमा केही आशा पलाएको छ । दुवै पक्षको सहमतिमा ब्युँतिएको कार्यदलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।
हिजो सोमबार ब्युँतिएको कार्यदलको हिजाको बैठकलेऔपचारिकरुपमै पार्टी भित्रका समस्या समाधान गर्न लागि परेको छ । हिजोको कार्यदलको बैठक सकारात्मक भएको भन्दै आज थप विषयमा छलफल गरिने बताइएको छ । स्रोतका अनुसार अदालतबाट जस्तो फैसला आएपनि स्विकार गर्ने अवस्थामा पार्टी पुगेको बताइएको छ ।
कार्यदलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा वरिष्ठ नेता माधव ननेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।
विवाद समाधान गर्न दोस्रो तहका नेताहरु लागि परेका छन् ।