जसपाको समस्या समाधानको लागि निवार्चन आयोगले दुवै पक्षसँग आज छलफल गर्दै — OSNepal

जसपाको समस्या समाधानको लागि निवार्चन आयोगले दुवै पक्षसँग आज छलफल गर्दै

LC (KTM) July 06, 2021 0

काठमाडौँ २२ असार । निवार्चन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को विवादबारे दुवै समुहबिच छलफल गर्ने भएको छ । पार्टी एकताको लािग सहमतिको समाधान निकाल्न आयोगले आज ११ बजे दुवै समुहसँग छलफल गर्ने भएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार दुवै समुहका नेताहरुलाई आयोग बोलाइएको छ । दुवै समुह आ आफ्नो अडानमा बस्दा यस्तो स्थिति आएको हो । अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा जाँदा अर्का अध्यक्ष उपेन्द्र यादव समुह भने सरकार विरोधी भएर विपक्षी दललाई साथ दिन पुग्यो ।

जसको कारण पार्टी फुटको अवस्थामा पुगेको हो । छलफलका लागि आयोगले ठाकुर समूहबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी र यादव समूहबाट यादवसहित, संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारीलाई बोलाएको छ ।

दुवै समुहले एकअर्कालाई कारवाही गरेको छ ,भने पार्टीको आधिकारिकताको लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार यादव पक्षले आयोगमा निवेदन दिएको थियो । हिजो मात्र आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरेपछि आज आयोगले जसपलाई छलफल को लागि बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर