आज देखि काठमाडौं उपत्यकामा लागु भए यस्ता नयाँ नियम, के गर्न पाइन्छ के पाइदैन ? — OSNepal

आज देखि काठमाडौं उपत्यकामा लागु भए यस्ता नयाँ नियम, के गर्न पाइन्छ के पाइदैन ?

LC (KTM) July 06, 2021 0

काठमाण्डौ- काठमाण्डौ उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका हुन् । यसका लागी मापदण्ड तोकिएको छ जसमा गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने, यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्ने नलगाएमा गाडीभित्र प्रवेश रोक लगाइने ।

चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने बनाइएको छ । त्यस्तै फा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चाररचार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ ।

सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ । स्तै अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिइ प्रवेश गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर