काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । यस अघि फिल्ममा वर्षा सिवकोटी र सुरक्षा पन्तको नाम चर्चामा रहेपनि अब भने फिल्ममा स्वस्तिमा नै फाइनल भएकी हुन् ।
चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । भष्मेडनको भुमिका विपिन कार्किले निभाउने भएका छन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।
उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । फिल्ममा दीपेन्द्र के खनालको निर्देशन रहने छ । निर्देशक दीपेन्द्र र अभिनेता खगेन्द्र लामिछानेको निर्माण सहकार्य रहने चलचित्रको पटकथा भने खगेन्द्रले नै लेखेका छन् ।
चलचित्रको छायांकन फागुन १२ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर चलचित्रको छायांकन हुनेछ । विपिन, सौगात र स्वस्तिमाका अलावा ‘पशुपतिप्रसाद’ मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि ‘भष्मे डन’ मा देखिनेछन् ।