काठमाडौं -नेपाली फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले महंगो पारिश्रमिक लिएर काम गर्ने त कमाइ नर्गने कलाकार प्रति कटाक्ष गरेका छन् । उनले सामाजिक संजालमार्फत सटाटस लेख्दै कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन् -‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् । उनको यो भनाइ साम्राज्ञी शाह प्रियंका र ऋचा शर्मा तर्फ लक्षित देखिन्छ ।
नेपाली हलहरुमा साम्राज्ञी शाहको ‘तिम्रो मेरो साथ’, प्रियंका र ऋचा शर्माको ‘चि मुसी चि’ र उपासनासिंह ठकुरीको ‘डिसेम्बर फल्स’ प्रदर्शन भैरहेको छ । जहाँ स्टार महंगो पारिश्रमिक त लिन्छन् तर, उनीहरुको फिल्मको ओपनिङ निकै कमजोर हुन्छ जसले गर्दा निर्मातहरु मारमा परेका छन् ।