परामर्शदाता सहितको टोली मेलम्चीमा, वैकल्पिक बाटो खोल्ने तयारी — OSNepal

परामर्शदाता सहितको टोली मेलम्चीमा, वैकल्पिक बाटो खोल्ने तयारी

LC (KTM) July 06, 2021 0

काठमाडौं । बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजना मर्मत गर्न विभिन्न तयारी गरिएको छ । आयोजनाको टोली क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक खोल्न आवश्यक तयारी अगाडि बढाइएको छ ।

खानेपानी आयोजनाको महानिर्देशकसहित परामर्शदाताको टोली क्षतिग्रस्त ठाउँमा रहनुभएको खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो । उहाँहरु केही दिनदेखि आयोजनामा रहनुभएको र बाटो नखोलेसम्म काम अगाडि नबढ्ने भएकाले त्यसको लागि निरीक्षणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

साथै, बाटो कसरी सुचारु गर्ने भन्ने विषयमा पनि स्थानीय बासिन्दासँग छलफल भइरहेको छ । क्षति गरेको तिम्बुदेखि हेडबक्ससम्म पुग्न नयाँ बाटो खोल्ने सम्मको तयारी भएको र विदेशी परामर्शदातासमेत अहिले आयोजनामै रहेको उहाँले बताउनुभयो ।

केही दिनदेखि मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सहित इन्जिनियरको टोली मेलम्चीको पुलबजारमा बसेर आयोजनाको काम अगाडि बढाउने तयारी गरेको छ ।अझैँ पनि बाढी पहिरोको त्यस क्षेत्रमा जोखिम रहेकाले आयोजनालाई थप हुनसक्ने क्षति कम गर्न विभिन्न उपायबारेमा अध्ययन भएको आयोजनाको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर