नारायणीमा भोलीदेखि संचालनमा आउने ‘मिनी पानी जहाज’मा १८० यात्रु एकैसाथ चढ्न सक्ने — OSNepal

नारायणीमा भोलीदेखि संचालनमा आउने ‘मिनी पानी जहाज’मा १८० यात्रु एकैसाथ चढ्न सक्ने

LC (KTM) January 14, 2023 0

चितवन । नारायणी नदी किनारमा आइतबारदेखि ‘क्रुज सिप’ सञ्चालन हुने भएको छ ।

माघ १ गतेदेखि व्यवसायिक रुपमा क्रुज सञ्चालन गर्ने तयारी क्रुज निर्माण गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । २ वर्ष अगाडि नै सफल परीक्षण गरिएको क्रुजको कोरोनाका कारण समयमा संचालनमा आउन सकेन ।

३ तला रहेको ‘क्रुज सिप’ मा एक पटकमा १८० जना यात्रु एकैसाथ चढ्न सक्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए ।
७ सय रुूपैयाँमा एक घण्टासम्म नारायणी नदीमा क्रुजमा यात्रुलाई सयर गर्न पाउने छन् ।

क्रुज सिप भित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरु राखिएको छ भने क्रुज सिपभित्र ब्रेकफाष्ट क्रुजिङका लागि १ हजार ५ सय, लञ्च क्रुजिङका लागि २ हजार, डिनर क्रुजिङका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर