अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दाबढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल शुरु गरेका छन् । टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोकहड्ताल गरेको तिन दिन पुगेको बताइएको छ ।
टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिस (टीडीसीजे) ले तीमध्ये कम्तिमा ७२ जना अझै पनि भोकै बसेको पुष्टि गरेको छ ।
टिडिसीजीले विरोधीको विज्ञप्ति उल्लेख गर्दै ‘हड्ताल शान्तिपूर्ण रहने र सबैको अवस्था सुधार्नका लागि यो प्रयास गरिएको’ बताएको छ ।
कारागारका अधिकारीले विरोधी सदस्यको समितिसँग भेट नगरेसम्म बन्दीले हडताल जारी राख्ने योजना बनाएका छन् ।
हजारौँ कैदीलाई टेक्सासमा एकान्त कारागारमा राखिएको छ ।