अष्ट्रेलियामा अरूण चौधरी द्वारा निर्देशित थारु माघी गीत सार्वजनिक — OSNepal

अष्ट्रेलियामा अरूण चौधरी द्वारा निर्देशित थारु माघी गीत सार्वजनिक

LC (KTM) January 14, 2023 0

अष्ट्रेलियामा अरूण चौधरी द्वारा निर्देशित माघी पर्व को अवसर पारेर थारू माघी लाई प्रचार प्रसार को लागी तयार पारिएको प्रोमोशनल “मन माघी” गीत आज सार्वजनिक भएको छ । बिदेशी भूमीमा बसे पनी आफ्नो थारु संस्कृति रितिरिबाज चाडबाड तथा भेषभुषाको संरक्षण प्रबर्द्धन गर्ने उदेश्यले “मन माघी” गीत अरूण चौधरी को निर्देशन तथा निर्माण भएको हो। गीत मा स्वर सुमिका सरदार को छ भने संगीत तथा शव्द संदिप सरदार क्रेजी पेटल को रहेको छ। उक्त गित को छायाँकन तथा सम्पादन संतोष गुरुङको रहेको छ।उक्त गीतमा अभिनय अरुण चौधरी, पूजा चौधरी, स्वेता चौधरी, नजमा चौधरी, अस्मिता खोजवार, सिद्दान्त चौधरी, सविन चौधरी, सागर ईशरान थारू, अजय शिंह, मकेश चौधरी, सन्जना चौधरी, प्रियंका चौधरी, भावना चौधरी तथा जेशन चौधरी लगायतले गरेका छन। गीत झुम्की प्रोडक्सन च्यानल मार्फत रिलिज गरिएको छ। उक्त गित को भिडियो हेर्न तल दिइएको लिंक क्लिक गरि हेर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर