काठमाडौँ । चौथो ठूलो दल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरूको माग सम्बोधन गरेको भन्दै सरकारको चौथो ठूलो दल राप्रपा सरकारमा जान सहमत बनेको हो ।
उसले पेश गरेका राष्ट्रियता, सुशासन र सेवा प्रवाहका विषय साझा कार्यक्रममा समेटिएको राप्रपाको निष्कर्ष छ ।
‘कार्यसम्पादन समितिको बैठकले सहमति कार्यान्वयन भए सरकारमा जाने भन्ने निर्णय गरेको थियो । छि सत्तारुढ गठबन्धनको भागबण्डामा राप्रपाले कम्तीमा २ र बढीमा ३ वटा मात्रै मन्त्रालय पाउनेछ ।
यसपटक अध्यक्ष लिङ्देनसहित राप्रपाबाट मन्त्रीका लागि धवलशमशेर राणा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाही मन्त्रीका लागि मुख्य दाबेदार देखिएका छन् ।
पशुपतिशमशेर राणा, विक्रम पाण्डे र दीपक बोहोरा पनि मन्त्रीका लागि दाबी प्रस्तुत गरिरहेको भएता पनि ३ जनामध्ये को मन्त्री बन्लान् भन्ने सबैको चासो छ ।