थानकोटमा चक्कु प्रहा'र गरी २० वर्षीय जितेन्द्रको ह'त्या गरेका मनोज र दोङलाई समात्यो प्रहरीले, फरार व्यक्तिको खोजी जारी — OSNepal

थानकोटमा चक्कु प्रहा’र गरी २० वर्षीय जितेन्द्रको ह’त्या गरेका मनोज र दोङलाई समात्यो प्रहरीले, फरार व्यक्तिको खोजी जारी

LC (KTM) July 06, 2021 0

काठमाडौँमा धारिलो हतियार प्रहा’र गरी एक व्यक्तिको ह’त्या गर्ने दुई जनालाई आज प्रहरीले प’क्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार ९चक्कु० प्रहार गरी ह’त्या गरेको अभियोगमा चन्द्रागिरि–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई पक्राउ गरिएको हो ।

चन्द्रागिरि–३ थानकोटमा गए राति उनीहरुसहित तीन जनाको समूहले चक्कु प्रहार गर्दा साहलाई गम्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृ’त्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि–३ थानकोट र तामाङलाई सोही नगरपालिका–१ दहचोकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा संलग्न भइ हाल फरार एक व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेका दुईविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर