एजेन्सी -भारतले चलायो २० लाख भारू तिरेर बनारसबाट असम पुग्न सकिने पानीजहाजको यात्रा सुरु गरेको छ । टाइम्स अफ इन्डियाले जनाए अनुसार भारतले शुक्रबार नदीमा संसारकै सबैभन्दा लामो पानीजहाज यात्रा सुरू गरेको हो ।
शुक्रबार भिडिओ कन्फरेन्समार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बनारसबाट छुटेको उक्त पानीजहाजलाई हरियो झन्डा देखाएका छन्। उक्त जहाजमा ५१ दिनपछि असमको डिब्रुगढमा पुग्ने समाचारमा जनाइएको छ ।
भारतका विभिन्न नदीसहित बंगालदेश पनि पुग्ने उक्त पानीजहाजले ३ हजार २ सय किलोमिटर यात्रा गर्नेछ। पानी जहाज यो रूटमा पर्ने विभिन्न ५० वटा पर्यटकीय स्थानमा रोकिनेछ।
उक्त जहाजको नाम एमवी गंगा विलास नाम दिएको छ । यो पानीजहाजमा यात्रा गर्न दैनिक २५ देखि ५० हजार भारू तिर्नुपर्नेछ। त्यस हिसाबले ५१ दिनको यात्रा पूरा गर्न एक यात्रुले औसतमा २० लाख भारू तिर्नुपुर्ने हुन्छ। अहिले स्विट्जरल्यान्ड ३२ जना पर्यटकहरू पहिलो यात्रामा निस्किएको भारतिय मिडियाले जनाएका छन् ।