अफगानिस्तानको मन्त्रालयनजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो — OSNepal

अफगानिस्तानको मन्त्रालयनजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो

LC (KTM) January 13, 2023 0

काबुल- अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ ।

एएफपीलाई दिएको एक विज्ञप्तिमा उक्त हमलामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको र अन्य ५३ जना घाइते भएका अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग (युएनएएमए) ले जनाएको छ । घटनाको अनुसन्धान जारी राखेको पनि युएनएएमएले जनाएको छ ।

काबुलमा एउटा अस्पताल सञ्चालन गर्ने इटालियन गैरसरकारी संस्था आक्रमणपछि ४० भन्दा बढी घाइतेलाई आफ्नो सुविधामा ल्याइएको बताएको थियो । सन् २०२१ अगस्ट मा तालिबानको सत्तामा फिर्ता भएपछि अमेरिकी नेतृत्वको दुई दशक लामोयुद्धको अन्त्य भएको थियो । जसले हिंसामा उल्लेखनीय कमी ल्याएको भए तापनि हालका महिनाहरूमा सुरक्षा बिग्रन थालेको छ ।

आक्रमणहरूमा सयौं मानिसहरू मारिएका र घाइते भएका छन्, । धेरैजसो विदेशीलक्षित गर्नेहरूसहित आइएसद्वारा दाबी गरिएको छ । गत महिना बन्दुकधारीले काबुलमा चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । त्यो छापा आइएसद्वारा दाबी गरेका थिए ।

डिसेम्बरमा काबुलमा पाकिस्तानको दूतावासमा भएको आक्रमणलाई इस्लामाबादले आफ्नो राजदूतविरुद्ध ‘हत्याको प्रयास’ भनेर निन्दा गरेको थियो । गत सेप्टेम्बरमा भएको आत्मघाती बम आक्रमणमा दुई रूसी दूतावास कर्मचारीको मृत्यु भएको आईएसले दाबी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर