अब नेपालमा बसेर विदेशमा घरजग्गा किने कारबाही हुने ! — OSNepal

अब नेपालमा बसेर विदेशमा घरजग्गा किने कारबाही हुने !

LC (KTM) January 13, 2023 0

काठमाडौं – अब पालमा बसेर विदेशमा घरजग्गा किने कारबाही हुने भएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो जनाएको हो ।

बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै ‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक)गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने जनाए को छ ।

यो पनि पढ्नुहोस- मिथिला लघुवित्तले लाभांश वितरण गर्ने : मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर