एकपछि अर्को नीति खुकुलो बनाउँदै राष्ट्र बैंक, एलसीमा नगद मार्जिन हट्दै — OSNepal

एकपछि अर्को नीति खुकुलो बनाउँदै राष्ट्र बैंक, एलसीमा नगद मार्जिन हट्दै

LC (KTM) January 13, 2023 0

काठमाडौं । अर्थतन्त्रको प्रणलीमा गरिएका हरेक कडाइलाई क्रमश: खुकुलो बनाउँदै गएको केन्द्रीय बैंकले आयातमा पनि खुकुलो नीति लिने तयारी गरेको छ ।

केन्द्रीय बैंकले प्रतिपत्र (एलसी) मा नगद मार्जिन चाहिने व्यवस्था हटाउने तयारी गरेको हो । उच्च आयातका कारण अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ मा गरी दुई पटक ३ सय भन्दा बढी वस्तुको वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

आयात नीति खुकुलो बनाउँदै गएको राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेको करिब एक वर्षपछि यसलाई हटाउने तयारी गरेको हो । एलसीमा लगाइएको नगद मार्जिन हटाउनका लागि राष्ट्र बैंकलाई निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत दबाब छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर