म्याग्दी-म्याग्दीको बेनी बजारमा बिहीबारदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सवमा चोयाँका कपडा, मास्क, टोपी, काठका जुत्ता लगायतका सामाग्री पहिरीएका भरिबहादुर पोर्तेल । तस्बिरः ः ध्रुवसागर शर्मा,रासस
यो पनि:संविधानअनुसार बन्न बाँकी कानूनको अध्ययन गरिने- सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्नुपर्ने कानून सबै बनिसकेको वा नसकेको विषयमा अध्ययन गर्ने भएको छ । समितिका सभापति डा बेदुराम भुसालको सभापतित्वमा आज बसेको बैठकले संविधानअनुसार बन्न बाँकी कानूनको पहिचान गर्न सांसद विमला राई पौडेलको संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको छ । समितिका सदस्यहरूमा उदयबहादुर बोहरा, नारायणदत्त मिश्र, भैरवकुमार श्रेष्ठ र सुरेशकुमार आलेमगर रहनुभएको छ ।
बैठकले समितिको निर्देशन कार्यान्वयनको अवस्था अध्ययन अनुगमनसम्बन्धी सांसद देवेन्द्र दाहालको संयोजकत्वमा उपसमिति बनाएको छ । उक्त उपसमितिमा अनिता देवकोटा, खिमलाल देवकाटा,गङ्गाकुमारी बेल्वासे र प्रमिला कुमारी सदस्य रहनुभएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि सुझाव लिने कामसमेत गरिएको समितिका सचिव मनोजकुमार गिरीले जानकारी दिनुभयो ।