बेहुली लिएर हिँडेका बेहुला २ दिनसम्मा मुग्लिनको जाममा फसेपछि गाडीमा नै देखियो रोमान्सका यस्ता किस्साहरु — OSNepal

बेहुली लिएर हिँडेका बेहुला २ दिनसम्मा मुग्लिनको जाममा फसेपछि गाडीमा नै देखियो रोमान्सका यस्ता किस्साहरु

LC (KTM) July 05, 2021 0

काठमाडौ । सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा पहिरो गएको बेलामा जाममा परेका बेहुलाहरुको सामुहिक तस्बिर भाइरल भएको हो । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेका जन्ती सहितका बेहुलाहरु अलपत्र परे पछि समय ब्यतित गर्न तस्बिर खिचेको हुनसक्छ ।

सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटो सामाजिक संजालमा भाइरल भएको छ । महामारीका कारण सरकारले निषेधाज्ञा लगाएकोले विवाह जस्ता सांस्कृतिक कार्यक्रम धेरै रोकिएका छन् । केही दिन अघि मात्र काठमाडौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

निषेधाज्ञा खुलेका बेला असार १८ गतेको लगनमा वेहुली लिन हिँडेका वेहुलालाई पहिरोले विचवाटोमै अलपत्र पारेको हो । बुधवार देखि परेको वर्षाले सो सडकखण्डको धेरै स्थानमा पहिरो गएको छ ।

पहिरोका कारण चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले शुक्रबार बिहानैदेखि उक्त सडक खण्ड बन्द भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । हेर्नुहोस तलको भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर