पहिरोमा परेका ८० जना अझै बेपत्ता,खोजी कार्य तिब्र — OSNepal

पहिरोमा परेका ८० जना अझै बेपत्ता,खोजी कार्य तिब्र

LC (KTM) July 05, 2021 0

टोकियो, २१ असार – जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् । गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् । देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।

घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् । सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर