चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने बताएका छन् । कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न नपार्ने गरी काम गर्ने बरु त्यस्तो भनेको प्रमाण ल्याएमा भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिने उनले बताएका छन् ।
लामिछानेले आफ्नो दलका कोही कसैले प्रभाव पार्न खोजे निर्मम भएर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए । उनले अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही गर्ने चेतावनी दिएका छन् ।
राम्रो कति गर्न सक्छु थाहा छैन, तर नराम्रो एउटा पनि गर्दिन भन्दै चुनावका बेला आफूले गरेको कुनै पनि बाचा नबिर्सिएको उनले बताउका छन् । सफा हात बोकेर छिरेको र सफा हात नै लिएर फर्कने उनले बताएका छन् ।